काभ्रेपलान्चोक जिल्लाको उच्च भेगमा रहेको पवित्र धार्मिक
स्थल बेथान्चोक नारायण स्थानको समिपमा रहेको यस श्री गोरखनाथ प्राथमिक विधालयको स्थपना
२०५३ चैत ३,गते भएको थियो | त्यस समयका शिक्षाको महत्त्व र आवश्यकता लाई मध्यनजर राखेर
सत प्रतिशत तामाङ समुदायको बसोवास रहेको तामाङ समुदायको बस्तीमा विधालयको स्थापना
गर्ने स्व.मान बहादुर तामाङ, वीर बहादुर तामाङ ,लाल बहादुर तामाङ र स्व.जित बहादुर
ज्युको पहलमा वैठक बसि निर्णय गरी जिल्ला शिक्षा कार्यलय काभ्रेपलान्चोकबाट कक्षा
१ को अनुमति लिई विधालय संचालन गर्न योगदान दिनुहुने तत्कालिन ब्याक्तिवहरुमा धन्यवाद
ज्ञापन गर्दछु | साथै विधालय संचालनका लागी जग्गा दान गर्नु हुने स्व.जित बहादुर बज्यू
प्रति पनि आभार प्रकट गर्न चाहान्छु | विधालयको नामाकरण सम्बन्धमा यस विधालय भन्दा
माथि काली गैरि भन्दा मुनि रहेको गोरखनाथ डाडामा गोरखनाथ नाम गरिएको धार्मिक स्थल रहेको
छ | त्यहि धार्मिक स्थलको नाम बाट यस विधालयको नाम श्री गोरखनाथ प्राथमिक विधालय
रहेको सस्थापकहरुको भनाई रहेको छ |
हाल विधालयमा बालबिकास देखि कक्षा ५ सम्म शिक्षण सिकाइ ट्क्रियाकलाप
संचालन भइरहेको छ | शिक्षण सिकाइका अतिरिक्त
हरेक शुक्रबार बालबालिकाहरुको चौतर्फी बिकासका लागि खेलकुद ,गायन नृत्य
,हाजिरजवाफ ,श्रूतिलेखन , अभिनयात्मक कला जस्ता कार्यक्रमहरु संचालन भैरहेका छन् |
शिक्षण सिकाइ कार्यक्रम वालमैत्री वातावरणमा सन्चालान भईरहेको छ | हाल सम्म विधालयको
नाममा एक रोपनी जग्गा र २ वटा ट्रस भवन र १
वटा कच्ची भवन रहेको छ |